अमरपटि प्रदेश २ को पहिलो मानव अधिकार मैत्री वडा घोषणा

0 12

अजय साह
बारा

क कार्यक्रमको विच पचरौता नगरपलिकालाई मानव अधिकार मैत्री वडा घोषणा गरिएको छ ।

नेपाल राष्ट्रिय दलित समाज कल्याण सँघले सोमवार आयोजना गरेको कार्यक्रममा पचरौता नगरपालिकाको वडा नम्वर ८ अमरपटिलाई मानव अधिकार मैत्री वडा घोषणा गरिएको सँस्थाका कार्यक्रम संयोजक जयराम विश्वकर्माले बताए ।

कार्यक्रमको प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी विजय नारायण मान्नधरले सवै मानिसको आत्मसम्मानको लािग मानव अधिकार आवश्यक समेत रहेकोले समाजमा भएको कुरुती र विसङ्गती हटाउन एकदमै जरुरी भएको बताएका छन ।

मानव अधिकार नैसर्गिक अधिकार भएकोले कसैको अधिकार कुण्ठित नहुने गरि घरघरमा मानव अधिकार समान्नताको कुरा ल्याउने समेत प्रजिअ मान्नधरले बताए ।

अहिलको युगमा विभेदको अन्त्य गरि मानव अधिकार मैत्री समाज र संस्कृतिको निमार्ण गर्ने प्रहरी उपरिक्षक राजकुमार वैदवारले बताए । मेरो जानकारी अनुसार यस्तो कार्यक्रम प्रदेश नम्वर २ मा पहिलो चोटि भएको दावी समेत गरेका थिए ।

कार्यकममा सस्शत्र प्रहरी उपरिक्षक बेनु पाठक, अनुसन्धान प्रमुख उत्तम खनाल, वडाध्यक्ष लगायतको सहभागिता जनाएका थिए ।

Comments
Loading...