पार्टी एकताबारे प्रचण्डः एक–दुई दिनमै टुंगिन्छ

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एक–दुई दिनमै पार्टी एकता टुंगिने बताएका छन् ।

मजदुर दिवसको अवसरमा आयोजित कार्यक्रममा प्रचण्डले सम्भव भएसम्म मे ५ अर्थात वैशाख २२ गते एकता घोषणा गर्ने तयारी भएको बताएका हुन् । उनले माक्र्सको २०० औं शतबाषिर्की मनाउँदा घोषणा गर्ने योजना रहेको बताए ।

आफुहरु पार्टी एकताका लागि अगाडि बढि सकेको भन्दै प्रचण्डले अब पछाडि हट्ने कल्पना नै गर्न नसकिने बताए । ‘पछाडि हट्ने तथ कल्पना नै नगर्नुस्, हामी अघि बढिसक्यौं’ उनले भने, ’एक दिनदिनमै अन्तिम रुप दिन्छौं ।’

प्रचण्डले एकतालाई अन्तिम रुप दिन दुबै दलका शीर्ष नेताहरुबीच तयारी भइरहेको बताए ।

Comments
Loading...