भ्रममा न रहियोस् : निर्वाचनमा भाग लिएका हौँ, संविधान स्विकारेको होइन : यादव

0 10

काठमाण्डौ : संघीय समाजवादी फोरम अध्यक्ष उपेन्द्र यादवले संघीय सरकारको व्यवहारप्रति असन्तुष्टि जनाएका छन् । ‘सरकार संघीयताविरोधी गतिविधिमा लागेको छ’, अध्यक्ष यादवले भने, ‘संघीयतालाई संस्थागत गर्दै संविधान संशोधनका लागि सरकारलाई समर्थन गरे पनि सरकार त्यस विपरीत दिशामा लागेको छ ।’

निर्वाचनमा भाग लिएर संविधान स्वीकारिसकेको भ्रममा नपर्न उनले आग्रह गरे । यो खबर हामीले आजको कान्तिपुर दैनिकबाट लिएका हौ । मधेसी स्वास्थ्यकर्मी फोरम नेपालको तेस्रो राष्ट्रिय महाधिवेशनलाई जनकपुरमा सम्बोधन गर्दै अध्यक्ष यादवले निर्वाचनमा भाग लिएकै भरमा आफूहरुले संविधान स्वीकारिसकेको भ्रम नपाल्न प्रमुख दलहरुलाई सचेत गराएका छन् ।

संविधान संशोधन नभएसम्म मुलुकमा स्थिरता आउन नसक्ने उनको भनाइ थियो । मुलुक संघीय गणतन्त्रमा गए पनि केन्द्रिकृत मानसिकताले संघीयतालाई कमजोर पार्ने षड्यन्त्र भएको उनले आरोप लगाए । संघीयतालाई बलियो पार्न स्थानीय तह र प्रदेशस्तरका शासन प्रशासनलाई प्रदेशस्तरमा ल्याउनु पर्ने यादवले बताए ।

संविधान निर्माणका क्रममा ठूला तीन दलले संघीयतालाई कमजोर पार्ने मानसिकताले संघीय सरकार शिक्षा र स्वास्थ्यलाई स्थानीय तहमा राखेर दयनीय बनाउने षड्यन्त्र गरेको उनको आरोप थियो ।

कार्यक्रममा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेश सरकारलाई कमजोर बनाई, स्थानीय सरकारलाई बढी बोझ दिएर संघीयता असफल बनाउने षड्यन्त्र भएको बताए । आफू नेतृत्वको सरकारको पहिलो प्राथमिकतामा सुशासन रहेको मुख्यमन्त्री राउतले बताए । नागरिक टाइम्सबाट

Comments
Loading...