हप्ता नबित्दै चर्कियो सडक, गौरका ठेकेदार जयसवाल मालामाल, जनता कङ्गाल

0

संजय कुमार सहनी

रौतहटको गौर नगरपालिका वडा नं.१ म रहेको रामजानकी धर्मशाला पछाडिपट्टीको बाटो गुणस्तरहीन ढलान गरी काम सम्पन्न गरिएको पुष्टि भएको छ ।
ढलानको काम सम्पन्न भएको हप्ता नबित्दै ठाउँ ठाउँमा चर्किन र भासिने अवस्थामा पुगेपछि काम गुणस्तरहिन छड, सिमेन्ट र बिना रोलिङ्ग सम्पन्न भएको पुष्टि भएको हो ।

गौर न.पा. बाट कामका लागि कार्यादेश पाएका स्थानीय यृवा तथा राजपा नेपालका केन्द्रिय सदस्य चन्दन जयसवालले राजनितिक शक्तिको आडमा उपभोक्ता समिति गठन गरी ब्यापक हिनामीना गरेको गुणस्तरहिन कामबाट पुष्टि भएको छ ।

ढलान कार्यमा बलौटे माटो माथि ग्रयाभल खसाई बिना रोलिङ्ग काम भईरहेको, कामदारले खिया लागेको छड प्रयोग गरिरहेको र सिमेनट प्राय पि.सि.सि.प्रयोगमा ल्याईरहेको भन्दै जनताहरुको गुनासो र ढलान कालमा आएको संचार माध्यमहरुको खबर आज बास्तविक सत्य रहेको पुष्टि भएको छ ।

ढलान गर्दा बखत–ढलान कार्य पार्दशि होस्, गुणस्तरीय सामान प्रयोग होस् भन्दै पटक पटक जयसवाल लाई भन्यौ उहाँ कुनै कुरा मान्नु भएन हाल रोड चर्किन र भासिन थालेको छ । अब के गर्ने ? ठाकुरले दुखेसो पोखे । यसै बिच ढलान कार्य बारे रौतहटका एमालेका युवा नेता शम्भु साहले ढलान कार्य गणस्तरहिन भएको हो भने यसको दोषी गौर नगरपालिका स्वंम भएको बताए ।

फितलो चेकजाँच र अबैंध रकमी सम्झौता गरी भईरहेको यस्ता गणस्तरहिन काम रोक्न न.पा. लाई चेतावनी दिदै साहले जनतालाई जागरुक हुन अनुरोध गरे । ढलान कार्यका जिम्मा पाएका ठेकादार जयसवालको काम गुणस्तरहिन भएको पुष्टि हुन थालेपछि संचार माध्यम र जनताको आँखोमा छारो हाल्न हाल चर्केको स्थानमा पालिस गर्ने र लिपपोत गर्ने कार्य सुरु गरेका छन् ।

यस सन्र्दभमा ठेकादार जयसवाल संग सोध्दा–आफूले गुणस्तरीय काम गरेको र जमिन मूनी दबीयएको ग्यासका कारण रोड चर्किन थालेको बताए । गौर न.पा. का मेयर अजय गुप्ताले यस सन्र्दभमा आफू गम्भीर भएर लाग्ने बास्तविकता के भएको हो छानबिन गर्ने प्रतिक्रिया दिएका छन् ।

Comments
Loading...