[dropcap type=”background”]पु[/dropcap]र्विचितवनको रत्ननगरमा ५ बर्षिय बालिका बलात्कृत भएकी छन् । रत्ननगर १६ पिठुवाको ॐ ईट्टा भट्टामा शुक्रबार बिहान सोही ईट्टा भट्टामा काम गर्ने ३२ बर्षका एक पुरुषले बालिकाको बलात्कार गरेका हुन् । बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले रत्ननगर १४ गैरीगाँउ घर भएका ३२ बर्षका राजकुमार तामाङलाई पक्राउ गरेको छ ।
ईट्टा भट्टामा काम गर्ने आफ्नी आमासँग बस्दै आएकी बालिकालाई ती पुरुषले जबरजस्ती करणी गरेको इलाका प्रहरी कार्यालय टाँडीका प्रमुख प्रहरी नायव उपरीक्षक वासुदेव खतिवडाले जानकारी दिए । पाँच रुपैयाँ दिएर बालिकालाई ललाई फकाई गरी करणी गरेको प्रारम्भिक रुपमा खुलेको खतिवडाले बताए । बालिकाको मेडिकल जाँचको लागि पठाइएको र रिपोर्ट आएपछि थप पुष्टि हुने उनले जानकारी दिए ।
शुक्रबार बिहान बालिकालाई करणी गर्दैगरेको अवस्थामा देखेपछि उनलाई अन्य कामदारले नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका थिए । पक्राउ परेकालाई जबरजस्ती करणी मुद्दा दर्ता गरि कारबाही अगाडी बढाइने ईलाका प्रहरी कार्यालय टाँडीका अनुसन्धान अधिकृत प्रहरी निरीक्षक दयाकृष्ण भट्टले जानकारी दिए । नारायणिअनलाईनबाट