बारामा अख्तियार दुरुपयोग अनुसन्धान कार्यलयद्धारा एक जना विधुत कर्मचारी पक्राउ परेका छन ।
पक्राउ पर्नेमा विधुतका चौथो तहका टेक्निसीयन श्याम किशोर भगत रहेका छन ।
गोप्य सुचनाको आधारमा अख्तियार दुरुपयोग कार्यलय हेटौडाबाट आएका टोलीले भगतलाई नगद ३० हजार सहित पक्राउ गरिएको हो ।
टोलीका प्रमुख हुमकला पाण्डेका अनुसार भगत सेवाग्राहीसँग विधुतको क्षमता अभिवृदि गरिदिने भनेर नगद लिएको बताईन ।
विधुतका कर्मचारीले सिधासाधा जनतालाई यसरी नै विभिन्न बाहानामा लुटेको आरोपमा अख्तियारले छापा मार्दै आएको छ । पटक पटक विधुतको कर्मचारीको मिलोमतोले यस्ता घटना दोहोरिदै गएको पाईन्छ ।
फेसबुक बाट टिप्पणी गर्नुहोस्
