अपडेट : रिलायन्समा ठुलो विस्फोट १ भारतियको मृत्यु ९ जना घाइते

बाराको कलैया उपमहा नगरपालिकामा २४ स्थित रिलाईन्स सुगरमिलमा उखुको रस वगने–मोलासेसको ( उखुको रसको लेदो ) टंकी फुटदा १ जनाको मृत्यू भएको छ भने ९ जना घाईते भएका छन् ।

मंगलवार मिलमा अचानक विस्फोट हुदा चिनी मिलको पुर्व पटि चिनी प्याकिङ्ग गर्ने स्टोर रुमको पर्खाल फुटी ठेगाना नखुलेका भारतिय कामदार अन्दाजी ४५ बर्षका रामस्नेहीको उपचारको क्रममा मृत्यू भएको बारा प्रहरी नायव उपरिक्षक भुवनेश्वर प्रसाद साहले बताएका छन ।

दश हजार टन अटाउने मोलासेसको टंकीमा ८ हजार मोलासेस स्टोर रहेको र अचानक विस्फोट हुदा प्रनाउ साह आफै घटना स्थलमा तुरुन्तै पुगी ठुलो दुर्घटना हुन बाट चिनी मिललाई जोगाएका मिलका गार्ड मनोज पटेलले बताएका छन ।

पर्सा भेडयाहीका प्रेम राउत बरै, बारा उतरझिटकैयाका रमेश यादव, सितलपुरका देवनारायण महतो, मधुरी जब्दीका नागेन्द्र ठाकुर लोहार, वतन नखुलेका भुवन चौधरी लगायत ९ जना घाईते भएका छन ।

९ जना मध्ये ८ जना सिकिस्त घाईते रहेकोले कलैया अस्पतालमा उपचार हुननसकी थप उपचारका लागि नेशनल मेडिकल कलेज विरगंज रेफर गरिएको प्रनाउ साहले बताए ।

चिनी मिल अहिले सामान्य रहेको र थप विवरण चिनी मिल प्रशासनिकबाट आउन बाकी रहेको सस्त्र प्रहरी उपरिक्षक बेनु पाठकले बताएका छन ।

रिलायन्स चिनी मिलका प्रशासनिक निकायले चिनी मिलको मर्मत र सम्भारमा लापरवाही गर्दा यस्तो भयानक घटना घटेको नाम नछाप्ने शर्तमा एक भारतिय मजदुरले कलैया लाईभ डटकमलाई बताएका छन ।

यस अघि सम्प्रेशन गरिएको समाचारमा मृतकको संख्या भुलवस ३ लेखिन गएकोमा क्षमाप्रार्थी छौ. ।

फेसबुक बाट टिप्पणी गर्नुहोस्
कलैयालाईभ