अपहरित बालकको फिरौति बुझाउदा पनि अवस्था अज्ञात प्रहरी अनुसन्धान अन्यौल मै

जितपुरसिमरा उपमहानगर ७ का पुजा खाद्यय उद्योगका सञ्चालक ललन साहका नौ वर्षिय छोरा अंकित साहको अपहरण भएको ६ हप्ता वितिसकेको छ । गत जेष्ठ २२ आफनै घर पछाडि साथीको घरबाट खेली फर्किने क्रममा साझ करिव ६ बजे रहस्यमय रुपले साह बेपत्ता भएका हुन । सोही दिन घटना बारे स्थानिय प्रहरी चौकीमा परिवारजनले जानकारी गराएका छन । प्रहरीले सोहि दिन खोजतलास तिव्र पारेको बताए पनि हाल सम्म अज्ञात रहेको अंकितको अवस्था बारे केहि सुराक पता लगाउन सकेको छैन ।
शान्ति सुरक्षा कमीको महसुस
जिल्लामा जघन्य अपराध बढदै गएकोले स्थानिय चिन्तित छन । ब्यापारीहरुले बालक हराए देखि नै शान्ति सुरक्षाको कमीको महसुस गर्न थालेका छन् । नगर उधोग वाणिज्य सँघका अध्यक्ष संजय साहको नेतृत्वमा केही दिन अगाडि जीतपुरसिमरा उपमहानगरपालिकाका प्रमुख डा.कृष्ण पौडेललाई भेटी ज्ञापन पत्र बुझाएका थिए । उपमहानगरपालिकालाई ज्ञापनपत्रमा शान्ति सुरक्षाको अनुभुति गराउन अनुरोध गरिएको थियो । ब्यापारी ललन साहको चार छोरा मध्ये अंकित सबभन्दा कान्छा छोरा हुन् । साहका जेठो छोरा सफटवेयर ईन्जिनयर अध्ययनरत ,माहिलो छोरा सि.ए. अध्ययनरत ,तेस्रो छोरा कक्षा ९ अध्ययनरत रहेका छन । अंकित घर नजिकैको बिद्यालयमा पढदै थिए ।
कहाँसम्म पुग्यो प्रहरीको अनुसन्धान
७ हप्ता बित्न लाग्दा पनि अज्ञात रहेका बालकको अवस्था बारे प्रहरीले पत्ता लगाउन सकेका छैनन । जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक मिरा चौधरीले अनुसन्धान गरिरहेको चाडै थप कुरा बाहिर आउने बताएकी छिन ।

एक महिना भन्दा बढी बालक हराएको घटना भईसक्दा पनि प्रहरी बालक पत्ता लगाउन नसक्दा प्रहरीमाथी अभिभावाकको विश्वास घटदै गएकोे छ ।

पिडित पक्षका अनुसार अंकित अपहरणमै परेको दुखेसो पोख्छन । किन कि अज्ञात रहेका बालकको अभिभावक ललन साह र अपहरणकारी विच छोरोका फिरौतिको लागि रकमको लेनदेन बारे कुरा चलेको समेत परिवारीक स्रोतले जनाएका छन ।

पिडित पक्षसँग फिरौति मागेकै हो भने प्रहरीले फिरौति माग्नेको पहिचान गरी कानुनको कठघरामा ल्याई अंकितको अवस्था बारे सार्वजनिक गर्नु पर्ने देखिन्छ ।
समय वितेसँगै परिवारिक अशंका बढदै गएको देखिन्छ । प्रहरीले सुक्ष्म अनुसन्धान गरि आशंकाको निवारण गर्नुपर्ने देखिन्छ । यदि प्रहरीले चाहयो भने जुन सुकै अपराध गरको अपराधीलाई कहि बाट पक्राउ गर्न सक्छन ।

बाराको कलैयामा अंकित जस्तै एक व्यापारिको छोराको अपहरणको घटनामा तत्कालीन आईजिपि सर्वेन्द्र खनाल बारामा प्रहरी प्रमुख हुदा उनले अपहरित बालकलाई भारतको मोतिहारीवाट चार दिन मै शकुसल फिर्ता ल्याएको उदाहरण समेत रहेको छ ।

केहि वर्ष पहिला कलैयाका एक व्यापारि घारानाका एक किशोर दुई वर्षपछि आफै घर फर्किएका थिए । उनले कलैया छाडनु अघि आफनो साइकल साथीको घरमा राखि आफै हराएका थिए । प्रहरीले साईकल राखेका परिवारजनलाई सोधपुछ गर्दा त्यो परिवार यसमा अत्याधिक पिडीत बन्न पुगेका थिए ।

कहि यो पनि घटना त्यस्तै त होईन ? यो केस त्यस्तो नभएको यस कारणले पुष्टि भइरहेको छ की अंकितका अभिभावकहरुसंग भारु एक करोड रुपैया फिरौती माग गरिएको स्रोतले जनाएको छ ।

प्रहरीले घटनाको अनुसन्धानमा जति बढी समय लगाईरहेको छ, त्यति नै बालकको परिवारजनमा डर,क्रास बढ्दै गईरहेको छ । परिवारजन अपहरणकारीसँग मोल मोलाई गरी फिरौती वापत भारतिय १५ लाख बालकको आमा र उनका निकट परिवारका तीन जना सदस्य भारतको बेतिया अपहरणकारीलाई बुझाउन लिएर गएका थिए ।

अपहरणकारीसँग फोनमा कुरा भई बताए अनुसार ठाउमा पैसा राखि जान पछि हामी अंकितलाई सकुशल रिह गर्ने बताए पछि पैसा राखेर फर्केको स्रोतले जनाएको छ । फिरौतिको रकम बुझि सके पछि अपहरणकारीको मोवाईल स्विच अफ आईरहेको बताईएको छ ।
साउन २ गते अपहरणकाण्डमा काठमाडौँको अपराध अनुसन्धान टोलीले भारतको सिक्टाबाट भारतीय प्रहरीको सहयोगमा मोवाईल ट्रेसको आधारमा अजय पटेल निजका भाईसमेत तीनजनालाई पक्राउ गरिएको बताईए पनि तीनै जनालाई बलसर प्रहरीको हिरासतमा राखिएको दावी छ ।

फेसबुक बाट टिप्पणी गर्नुहोस्