प्रिङका मिश्राको रहस्यमय हत्या प्रकरण अनुसन्धान गुमराह मै

कलैया उममहानगरपालिका ५ घुसुक्कपुरमा प्रिङका मिश्राको रहस्यमय हत्याको एक महिना भन्दा बढि बितिसकेको छ । किन र कसरी मरिन त प्रिङका मिश्रा भन्ने प्रश्न प्रहरीको लागि झन झन चुनौति बन्दै गएको छ । गएको जेष्ठ १२ गते कलेजमा आउदो श्रावन ११ गते हुन गईरहेको एचए परिक्षाको फर्म भरि घर फर्केकि थिईन । सोहि दिन साझ सात बजेर ४६ मिनेटमा बृजकिशोर मिश्राको घरबाट दुई जना मोटरसाईकलमा सवार भई अस्पतालमा एम्बुलेन्सको लागि आए । एम्बुलेन्स मिश्राको घर अगाडि ल्याएर लगाई दिएको चालक दुलारे अंसारीले बताए । गाईगुइ हल्ला चल्यो कि बृजकिशोर मिश्राको मामा मरेको खवर सुनेर आमालाई हृदयघात भएको हो । हृदयघात भएकी विरामी आमा सित जानलाई कोई तयार हुन नमानेकोले करिव १५ मिनेट सम्म एम्बुलेन्स मिश्रा निवास निर रोकी राखेको चालक अंसारीले बताए । त्यस पछि एम्बुलेन्समा तीन जना महिला, दुई जना बालबालिका र एक जना पुरुषलाई लिएर सुवर्ण गाउपालिकाको हर्दिया गाउमा लगेर पुर्याएको चालक बताउछन । त्यस पछि एम्बुलेन्समा सवार व्यतिmले भारतको मोतिहरीमा डाक्टर डिके नाथ निर चेक जाँच गराउन लग्ने बताए । मलाई भने हिडनलाई म जान नमानेको किन कि नेपालको विरामी बाहिर लग्न डाक्टरको रेफर पुर्जी चाहिने भएकाले बिना पुजीको नजाने बताए । त्यस पछि उनिहरुले भने तव तपाई जानुस हामी भारतिय एम्बुलेन्स मगाएर चेकअपको लागि लिएर जाने बताए । कलैयाको घरमा आमालाई सिरियस भनेर बसे पनि हर्दिया आउदा अर्कै महिलालाई अगाडि घरमा लिएर गएको चालकले बताए । अषाढ १३ गते कलैयाको घरमा रुवावासी हुदा स्थानियवासीले के भो भनेर सोध्दा मिश्राको १८ वर्षिय छोरी प्रिङका मिश्राको मृत्यु भएको खवर सुन्दा चकित भएका छन । प्रहरी कार्यलयबाट घटना सय मिटरको दुरीमा घटना घटेको हो । प्हरीले अनुसधान नगरेको भेटिए पछि स्थानियले प्रहरीलाई जागरुक बनाउन १३ गते खवरदारी गरेका थिए । प्रहरीले घटना बारे जानकारी लिनको लागि मृतक मिश्राको बुवालई ल्याई सोधपुछ गरि छाडेको र अनुसन्धान थालेको । तर अहिले सम्म रहस्यमय हत्याको दोषी फेला पार्न सकिएका छैन । स्थानिय प्रहरीले घटना अनुसन्धानमा कठिनई दर्शाए पनि रहस्यको पर्दाफास फोरेन्सिक जाँच, नारकोटिक्स टेष्ट, पोलिग्राफ टेष्ट लगायत वैज्ञानिक जाँचको माध्यमले अपराधी पता लगाउन सकिन्थ्यो तर अहिले सम्म प्रहरीले केहि गर्न सकेको छैन । जघन्य अपराध जिल्लामा बढदै गएको महिला अधिकारकर्मी किसमति रामले बताईन । केहिमा तुरुन्तै सफलता समेत पाएको उनले बताईन । तर केहि दिन यता बारामा हत्याको श्रखला बढदै गएको बुद्धिजिविहरु बताउछन । यो भन्दा पहिला जेष्ठ १३ गते महागढिमाई नगरपलिकामा १८ वर्षिय निभा पटेल ( परिवर्तित नाम ) र जेष्ठ २९ गते सिम्रौनगढ नगरापालिका वडा नम्वर ९ बासवारीयाका २० वर्षिय कविता यादवको रहस्यमय हत्या भएको फितलो अनुसन्धानले स्थानिय त्रसित भएका छन ।

स्थानिय महिला तथा बुद्धिजिविलै न्यायको लागि निकाले रैली
स्थानिय नै जागरुक भई सत्यतथ्य बाहिर आओस भनेर महिला, बुद्धिजिवि लगायतले प्रहरी प्शासनलाई यस घटना बारे ध्यानाकर्षण गराएका थिए । समाजमा बसेका जो कोहि समाजिक अपराध गर्छ भने त्यसलाई कानुन सरह सजाए हुन स्थानियले प्रहरीसँग माग गरेका थिए ।
स्थानिय ध्रुव यादवले, ‘यो अपराध भएकै हो त्यो बालिकालाई मारेर जलाएको हो भनेर पुर्ण विश्वास छ किन भने आमाको हृदयघात हुन्छ र छोरीलाई जलाएर आउछन यो कस्तो हृदयघात हो समाजले जान्नै पर्ने प्रहरीसँग माग गरेका छन’ ।
मृतककी आमाको खोजविन गरि पुछताछ गर्दा मृतक प्रिङका मिश्रालाई कसले, कुन बेला र कसरी मारी दाह संस्कार गरेको सहि तथ्य बाहिर आउने स्थानिय मोहन लामिछाने बताउछन ।

काहा पुग्यो प्रहरी अनुसन्धान ?
प्रहरी विट मै ख्याति कमाएकी बाराका प्रहरी उपरिक्षक मिरा चौधरी घटनाको तह सम्म पुगे पनि अहिले सम्म घटना बारे कुनै पनि तथ्य सार्वजनिक गर्न नसक्नु आफैमा शंकाको विषय बनेको नगरिक समाज बाराका अध्यक्ष उमेशलाल दास बताउछन ।
जिल्ला प्रहरी कार्यलयका प्रहरी उपरिक्षक मिरा चौधरीका अनुसार घटना बारे तिव्र रुपमा मृतकका परिवारजन सँग अनुसन्धान भईरहेको बताउछिन । मृतकका बुवा बृजकिशोर मिश्रालाई बोलाई सोधपुछ गरिएका समेत उनले बताईन । अहिले निजलाई तारेखमा छोडिएको समेत बताउछिन । प्रहरी अनुसन्धान गोप्य भएकोले अहिले केहि भन्न नमिल्ने प्रउ चौधरीले बताईन ।
घटनाको दुई हप्ता बित्न लाग्दा पनि प्रहरीले घटना बारे कुनै तथ्य सार्वजनिक गर्न नसके पनि घटना अनुसन्धान मै केन्द्रित रहेको प्रहरीले दावी गरिरहेको छ । अनुसन्धानको क्रममा मिश्राको परिवारसँग कुनै न कुनै हिसावले सम्बन्ध राख्ने दर्जनौ जनालाई पुछताछ गरिएको दावी गरे पनि परिणाम केहि आउन सकेको छैन ।

फेसबुक बाट टिप्पणी गर्नुहोस्