बारामा आफ्नो धर्म, संस्कृति , कला संरक्षण गर्दै थापस

दुष्यन्त चौधरी
कलैया , ३० पौष । 
बारा जिल्लामा पनि थारुहरुले आफ्नो पहिचान संस्कृति , धर्म , कला, रीतिरिवाज, रहनसहन लाई संरक्षण गर्दै थारू पत्रकार संघ नेपाल जिल्ला कार्य समिति बारा अगाडि बढ्दै गरेका छन् । थारू पत्रकार संघ नेपाल जिल्ला कार्य समिति बाराले थारु समुदायको महान पर्व माघे संक्रान्तिको अवसरमा विशेष कार्यक्रमको आयोजना गर्दै आफ्ना समुदायको रितिरिवाजलाई संरक्षण गरेका छन् । 
थारू पत्रकार संघ नेपाल जिल्ला कार्य समिति बाराको आयोजनामा शनिबार सम्पन्न एक कार्यक्रममा थारू पत्रकारले आफ्ना समुदायका गतिविधिलाई प्रकाश पार्न निमित्त यस्तो कार्यक्रम गरेको बताए ।
थारु पत्रकार संघले आफ्नो रीतिरिवाज कायम गर्नका निमित्त बाराको सदरमुकाम कलैयामा नगर परिक्रमा गरेका थिए । नगरपरिक्रमा पश्चताप थारु कल्याणकारिणी सभा हलमा एक कार्यक्रम गर्दै आफ्नो रीतिरिवाज रहनसहन जस्ता कार्यलाई संरक्षन गर्दै अगाडि बढेका कार्यक्रमका प्रमुख अतिथि रहेका पूर्वसांसद दिलमाया धामीले जानकारी दिए । 
कार्यक्रममा चन्दननाथ गणका गणपति संतोष कार्कि, प्रेस चौतारी नेपालका केन्द्रीय पार्षद पन्नालाल दास , राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य गिरधारी चौधरी , समाजसेवी बिनोद चौधरी , रिपोटर्स क्लब नेपाल बाराका अध्यक्ष सिकेन्द्र पासवान , समाचकेवा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष लक्ष्मीप्रसाद चौधरी , नेपाल पत्रकार महासंघ बाराका उपाध्यक्ष रामबाबु मेहता, महागढीमाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जयराम पजियार , सत्य प्रकाश श्रेष्ठ , थारु कल्याणकारिणी सभा बाराका प्रतिनिधि अरुण राय थारु , बारागढी गाउँपालिका का वडा नम्बर २ का वडा अध्यक्ष कृष्ण प्रसाद चौधरी , वडानम्बर ५ वडाध्यक्ष मनेजर चौधरी , राजनीतिकर्मी राधा चौधरी , संस्कार एफएमका स्टेशन मैनेजर प्रवेश चौधरी लगायतले आफ्नो मन्तव्य व्यक्त गरेका थिए । 
थारु पत्रकार संघको नेपाल बाराकि अध्यक्ष रेणु चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पूर्वसांसद दिलमाया धामीको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रमको संचालन मिनाक्षी चौधरीले गरेकी थिइन् । भने कार्यक्रममा स्वागत मन्तब्य सङ्घका जिल्ला उपाध्यक्ष जियालाल चौधरीले गरेका थिए ।
थारू पत्रकार संघ नेपाल जिल्ला कार्य समिति बाराले थारु समुदायको परिकार मसुलार , बगेया , तिलको लड्डु , भुजाको लड्डु , माछा जस्ता विभिन्न परिकारहरु बनाए खुवाएका थिए ।
फेसबुक बाट टिप्पणी गर्नुहोस्
कलैयालाईभ

Leave a Reply