अजय कुमार साह
बारा, पुस २४
कलैया उपमहानगरपालिकाले चिसोबाट पिडित बनेका स्थानीयहरुलाई राहत दिनको लागि कम्बल बितरण गरेको छ ।
दुई हप्ता देखि एक्कासी बढेको चिसोबाट पिडित बनेका दलित, जेष्ठ नागरिक, एकल महिल र सुत्केरीहरुलाई राहत दिनको लागि कम्बल बितरण गर्नु परेको कलैया उपमहानगरपालिकाले जनाएको छ ।
सोमबार मात्रै कलैया उपमहानगरपालिकाका वडा नम्बर २,५,६,७,८ ,१५,१८,२१,२२ र २५ गरी १० वटा वडाहरुमा कार्यक्रम गरी एक हजार थान कम्बल बितरण गरीएको कलैया उपमहानगरपालिकाले जनाएको छ ।

बिभिन्न वडा कार्यालयहरुमा आयोजना गरीएको कम्बल बितरण कार्यक्रममा कलैया उपमहानगरपालिकाका प्रमुख यादव र सम्बन्धी वडा अध्यक्षहरु सँगै स्थानीयहरुलाई कम्बर बितरण गरेका हुन्।
नगर प्रमुख राजेश राय यादवले २७ वटै वडाहरुमा आर्थिक अवस्था कमजोर भएका दलित, जेष्ठ नागरिक, एकल महिल र सुत्केरीहरुलाई कम्बल बितरण गर्न शुरु गरीएको बताएका छन्।

दिन प्रति दिन चिसो बढदै गएको अवस्थामा प्रत्येक वडा कार्यालयहरु मार्फत खरिद गरीएको सय सय थान कम्बर एक एक वडामा बितरण गर्न लागिएको यादवले बताए।
२७ वटै वडाहरुमा बितरण गर्न लागिएको कम्बरले गर्दा नगर क्षेत्रका तीन हजारको हाराहारीमा रहेको दलित, जेष्ठ नागरिक, एकल महिल र सुत्केरीले प्रत्यक्ष लाभ पुग्ने बिश्वास रहेको यादवले बताए।

उपमहानगरपालिकाको वडा नम्बर १८ ले सोमबार बितरण गरेको कम्बर पाएका मोतिसरका स्थानीय रामश्रे बैठाले कम्बरले आफुलाई ठुलो राहत पुगेको बताए ।
चिसोले गर्दा रातीमा निन्द्रा समेत नलाग्ने गरेको अवस्थामा नगरपालिकाले दिएको कम्बरले रात काटन सजिलो हुने बैठाले बताए।
बाक्लो कुहिरो र सितलहरले गर्दा नगर क्षेत्रका आर्थिक अवस्था कमजोर भएका दलित, जेष्ठ नागरिक, एकल महिल र सुत्केरीहरुले नगरपालिकाले चिसोबाट बचाउनको लागि न्यानो कपडा उपल्बध नगराएको गुनासो गरे पछि उपमहानगरपालिकाले कम्बल बितरण गर्न लागेको बिभिन्न वडाका वडा अध्यक्षहरुले बताएका छन्।

फेसबुक बाट टिप्पणी गर्नुहोस्