अजय साह
बारा, २७ पुस
बारा, २७ पुस
कलैया उपमहानगरपालिकाको विकासलाई चाहेर पनि कसैले रोक्न नसक्ने खानेपानी तथा सरसफाई मन्त्री महेन्दं यादवले बताए ।
कलैया उपमहानगरपालिकाको प्रथम नगरसभालाई विहिवार सम्बोधन गर्दै प्रमुख अतिथी समेत रहेका मन्त्री यादवले स्थानीय निकायको निर्वाचन सकिएको र जनप्रतिनिधि विहिन भएका नगर र गाउले जनप्रतिनिधि पाइसकेको हुनाले अब चाहेर पनि कसैले विकासलाई रोक्न नसक्ने बताए ।
२० वर्ष देखि जनप्रनिधि विहिन भएका स्थानीय निकायले अब विकासमा फडको मार्ने मन्त्री यादवले दावी गरे ।
उपमहानगरपालिकाले प्रस्तुत गरेको ९१ करोडका३२ लाख ४६ हजारको बजेट सराहनीय भएको र यो भविष्यमा महानगरपालिका हुन सक्ने बताए ।
उपमहानगरपालिकाले प्रस्तुत गरेको ९१ करोडका३२ लाख ४६ हजारको बजेट सराहनीय भएको र यो भविष्यमा महानगरपालिका हुन सक्ने बताए ।
कलैया उपमहा नगरपालिकामा सिसिटिभी जडान, स्र्माट सिटिको आवधारणा, स्वास्थ्य विमा, नगरक्षेत्र भित्र यातायातको गुरु योजना लगायतको योजना कलैया उपमहानगरपालिकाको अधिकृत नारायण पाण्डेले प्रस्तुत गरेका थिए ।
नगर विकासको लागि सबैको सहयोग अनिवार्य भएकोले सबैले हातेमालो गर्दै नगर क्षेत्रको विकासमा एक जुट भएर लाग्नु पर्ने धारणा राखे ।
नगर विकासको लागि सबैको सहयोग अनिवार्य भएकोले सबैले हातेमालो गर्दै नगर क्षेत्रको विकासमा एक जुट भएर लाग्नु पर्ने धारणा राखे ।
२ नम्बर प्रदेश अन्तर्गत रहेको फास्टट्रयाक र अन्तराष्ट्रिय विमानस्थल यही जिल्लामा भएको कारण यसको विकास निश्चित भएको दावी गरे । फास्टट्रयाक र अन्तराष्ट्रिय विमानस्थलको निर्माण पछि कलैया २ नम्बर प्रदेशको समृद्धिको केन्द्र बन्न सक्ने दावी गरे ।
फेसबुक बाट टिप्पणी गर्नुहोस्