वीरगञ्जलाई प्रदेश नंबर २ को प्रादेशिक राजधानी बनाउन माग गर्दै घण्टाघरमा शुक्रबार आठौैं दिन पनि रिले अनशन जारी छ ।
बिहिबार रिलेअनशन बिन्ध्याचल ठाकुरको अगुवाईमा बसेको थियो । बिहिबार रिले अनशनमा स्थानिय नेता बिकाश पाण्डे, बिन्दवासी गाउँपालिका वडा नंबर २ का वडा अध्यक्ष संजय चौहान ,नेताहरु महन्थ प्रसाद कुशवाहा, ताहिर हुसेन, बाबुलाल प्रसाद यादव, सत्यनारायण साह तेली, रामनरेश यादव, बिरेन्द्र प्रसाद यादव, मुनीलाल प्रसाद कुर्मी, चिरन्जीवी पटेल, जितेन्द्र पटेल, बिक्रम प्रसाद कानु गरी १३ जना अनशनमा बस्नुभएको छ ।
अनशनमा बस्ने नेताहरुलाई पुर्व सांसद एवं संर्घष समितीका सहसंयोजक राजकुमार गुप्ता र एमाले नेता बसरुदिन अंसारीले फुलमाला लगाई स्वागत गर्नुभएको थियो । यसैबिच बिहिबार पर्साका प्रमुख जिल्ला अधिकारी विनोद प्रकाश सिंह अनशन स्थलमै पुगेर अनशनमा बसेकाहरुको अवस्थाका बारेमा जानकारी लिनु भएको छ ।
त्यस क्रममा प्रमुख जिल्ला अधिकारी सिंहले अनशनकारीहरुको माग , उनिहरुको स्वास्थ्य अवस्था लगायतका विषयमा जानकारी लिनु भएको छ ।
त्यस क्रममा प्रमुख जिल्ला अधिकारी सिंहले अनशनकारीहरुको माग , उनिहरुको स्वास्थ्य अवस्था लगायतका विषयमा जानकारी लिनु भएको छ ।
अनशनकारीहरुलाइ सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी सिंहले वीरगन्जमा भइरहेको आन्दोलन र आन्दोलनकारीहरुको माग बारे आफुले प्रधानमन्त्री कार्यालय र गृहमन्त्रालयमा लिखित रुपमै जानकारी गराइसकेको र आन्दोलनका सफलताका लागि शुभकामना पनि व्यक्त गरेको नेपाल तरुण दल बाराका अध्यक्ष लोकेश सिंहले जानकारी दिनु भयो ।
फेसबुक बाट टिप्पणी गर्नुहोस्





