भारतको बैङ्गलोरमा एक नेपाली बेवारिस भेटिए

भारतको बैङ्गलोरमा एक नेपाली वृद्ध सोमबार बेवारिसे अवस्थामा फेला परेका छन् ।
छोरासँगै दुई महिना अगाडि मजदूरीका लागि भारत गएका बैतडीको पुर्चौँडी नगरपालिका–६, भूमिराज तिरकाली घर बताउने ६० वर्षीय मन्नो साउद बैङ्गलोरको लालबाग गेटमा फेला परेका भारतबाट नरेश महराले टेलिफोनमार्फत जानकारी दिए । 

मानसिक अवस्था ठीक नभएका मन्नो दुई महिनादेखि घरपरिवारको सम्पर्क बाहिर रहेकामा बेवारिसे अवस्थामा फेला परेका हुन् । उनले भने , “घरपरिवार खोज्दै बेवारिसे अवस्थामा सडकमा देखा परेका मन्नोलाई हामीले नियन्त्रणमा लिएका हौँ ।”
मन्नो अहिले आफूहरुसँग रहेकाले उहाँलाई नेपाल पठाउन तयारी भइरहेको महराले जानकारी दिए । उनले भने, “नेपाल पठाउनलाई आर्थिक संकलनमा जुटेका छौँ ।”
फेसबुक बाट टिप्पणी गर्नुहोस्
कलैयालाईभ

Leave a Reply