बिरगन्ज महानगरपालिकाको कर घटाउने निर्णय कार्यपालिकाको बोर्ड बैठकवाट गर्ने – मेयर सरावगी
वीरगञ्जका व्यवसायीले उठाएको जग्गाको मूल्याङ्कन र करका दरमा पुनरावलोकनको माग वीरगञ्ज महानगरको कार्यपालिकामा लगिने भएको छ । सोमबार महानगर र वीरगञ्जका व्यवसायीबीच भएको वार्तामा यस्तो सहमति भएको हो । महानगरका प्रमुख विजयकुमार सरावगीले व्यवसायीका माग बुधबार बस्ने कार्यपालिका बैठकमा लैजाने...









